इस्लामावाद,वैशाख २३ (एजेन्सी) । पाकिस्तानको कराँची शहरमा १९ बर्षिया एक युवतीले आफनै प्रेमीको संवेदशील अंग काटेकी छिन् ।विश्वासघातका कारण उनले प्रेमीको लिंग काटेको बताईएको छ।

स्थानीय समाचार पत्रका अनुसार १९ बर्षिया फरिदा (परिवर्तित नाम) को एक २४ बर्षिय युवकसंग प्रेम प्रसंग थियो । उनिहरुबीच मिलजुल भैरहन्थ्यो । तर कहि दिन पहिले त्यस युवकले अर्कै युवतीसंग बिबाह गर्ने निधो गरेपछि यिनीहरुको प्रेम प्रसंगमा बे्रक लाग्न पुग्यो । युवकले अर्की युवतीसंग निकाह गरेपछिपनि फरिदा संग सम्वन्ध कायम राख्न चाहन्थ्यो र उनीसंग शारीरिक सम्वन्ध स्थापित गर्न खोज्दथ्यो ।

समाचार पत्र एक्सप्रेस ट्रिब्यून का अनुसार फरिदालाई लाग्योकी युवकले उनलाई प्रयोग गर्न खोजिरहेको छ, एकदिन जब त्यो युवक फरिदासंग मिल्न गयो तब उनले उसको गुप्तांग चक्कुले काटिन । उनका वकिलका अनुसार लिंग काटेपछि फरिदा स्वयंले युवकलाई एम्बुलेन्समा हालेर अस्पताल पु्याएकी थिईन् ।